Head Office

Lazimpat, Kathmandu, Nepal

10:00 AM - 5:00 PM (Sunday-Thursday)
10:00 AM - 2:00 PM (Friday)

01- 4542646

01-4006648

977-1-4416427

info@nlgi.com.np

एनएजली इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धी तालिम प्रदान ।

10 May 2023

एनएजली इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धी तालिम प्रदान ।

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडले एनएजली इन्स्योरेन्स लिमिटेडका ३३ जना कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ ।

इन्स्टिच्युटले जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धी तालिम प्रदान गर्ने गर्दछ । सो अन्तर्गत एनएजली इन्स्योरेन्सलाई ‘फर्स्ट कम फर्स्ट प्रायरोटी’ अन्तर्गत इन्स्टिच्युटले उक्त तालिम प्रदान गरेको हो ।

तालिम गैरीधारा, नक्साल काठमाडौंमा सम्पन्न भएको हो । इन्स्योरेन्स इन्स्टिच्यु्टले एनएलजी इन्स्योरेन्सलाई वैशाख २५ र २६ गते दुई दिने तालिम प्रदान गरेको हो । उक्त तालिममा इन्स्योरेन्सका उपत्यका भित्रका ३३ जना कर्मचारी सहभागी थिए ।

उपस्थित कर्मचारीहरुले सम्पत्ती शुद्धीकरण तथा वित्तीय सुशासन सम्बन्धी तालिमले वित्तीय सिकाईमा उपलब्धी भएको र सम्पत्ति शुद्धीकरण सम्बन्धी सिप तथा ज्ञानहरु प्राप्त भएको बताए । साथै नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशिकाहरुको बारेमा समेत जानकारी हुनुपर्ने सहभागीहरुले बताए ।

उक्त कार्यक्रममा रिर्सोस पर्सनका रुपमा नेपाल राष्ट्र बैंकको तर्फबाट हरि कुमार नेपाल, अभियान उपाध्याय, नेपाल बीमा प्राधिकरणको तर्फबाट हृदयश्वर पण्डित रहेका थिए । संस्थागत सुशासन सम्बन्धी तालिम प्राधिकरणका साम्भाराज तामिछानेले दिएका थिए भने कार्यक्रम संचालन तथा कार्यक्रममा प्रमाणपत्र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले वितरण गरेका थिए ।

Calculator
Download
News and Update